Rule 14
अनौपचारिक तथा खुला शिक्षा
(१) माध्यमिक शिक्षाको अवसरबाट वश्चित व्यक्तिलाई लक्षित गरी कक्षा नौ देखि बाह्ृसम्म वा सो सरहको माध्यमिक शिक्षा अनौपचारिक वा खुला विद्यालयबाट दिइनेछ।
(२) उपनियम (१) बमोजिमको अनौपचारिक तथा खुला विद्यालय शिक्षाका कार्यक्रमहरु देहाय बमोजिम सञ्चालन हुने छन्‌: (क) कक्षा आठ सरहको शिक्षा पूरा गरी दुई वर्षको अवधि व्यतित गरेका व्यक्तिलाई लक्षित गरी कक्षा दश सरहको एक वर्ष कार्यक्रम,
(ख) कक्षा दश सरहको शिक्षा पूरा गरी दुई वर्षको अवधि व्यतित गरेका व्यक्तिलाई लक्षित गरी कक्षा बाह्र सरहको एक वर्ष कार्यक्रम ।
(३) यो नियम प्रारम्भ हुँदाका बखत सञ्चालित अनौपचारिक तथा खुला विद्यालयका कक्षाहरू यस नियमावली बमोजिम सञ्चालन भएको मानिनेछ।